सिन्धुपाल्चोकमा चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

Posted on: 30 Aug, 2017

भदौ १४, मेलम्ची । कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । 

कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी टोलीले पक्राउ गरेको हो । 

जिल्ला अदालत चौताराबाट कीर्ते नागरिकता बनाउन सहयोग गरेको भन्दै २०७० मंसिर ११ गतेको फैसलाले दुई वर्ष ११ महिना आठ दिन कैद र रु ५० हजार जरिवाना सुनाएको थियो । 

लामाले कैद र जरिवाना भुक्तान नगरी चार वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले निजको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । 

पक्राउ परेका लामालाई आजै जिल्ला अदालत चौतारामा बुझाइने ढुंगानाले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!