मोरङका बाढीपीडितलाई रु एक करोडभन्दा बढीको राहत वितरण

Posted on: 30 Aug, 2017

भदौ १४,मोरङ । सांसद एवं एमाले मोरङका सचिव ऋषिकेष पोखरेलले मोरङ क्षेत्र नं १ का बाढीपीडितलाई रु एक करोड भन्दा बढीको राहत सामग्री वितरण गर्नुभएको छ । 

गत साउन २७ र २८ गते आएको अविरल वर्षापछि आएको बाढीले विस्थापित तथा प्रभावितलाई सांसद पोखरेलले साउन ३० गते यता रु एक करोड बढीको राहत सामग्री वितरण गर्नुभएको हो । बाढीले जिल्लाका विभिन्न क्षेत्र डुबानमा थिए । तीमध्ये विभिन्न खोला छेउमा बसोबास गर्दैआएका सर्वसाधारण विस्थापित भएका थिए । 

सो क्रमसँगै मोरङको रतुवामाई नगरपालिका, आँपगाछी, डाइनिया, उर्लाबारी, राजघाटलगायतका स्थानमा सो रकम बराबरको चामल, चिउरा, दाल, नुन, तेल, त्रिपाल, झुललगायतका राहतका सामग्री उहाँले वितरण गर्नुभएको हो । 

उहाँले विस्थापित भएकाका लागि आवास निर्माणको समेत योजना बनाएको बताउनुभयो । बाढीपीडितलाई खाद्यान्नको अभाव भइरहेका बेला राहत पाएपछि सो क्षेत्रका बाढीपीडित निक्कै खुशी भएका स्थानीयवासीले बताएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!