सिन्धुपाल्चोकको बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

Posted on: 30 Aug, 2017

भाद्र १४,मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका – १३स्थित फटकशिलाबाट प्रहरीले बहुविवाह मुद्दाका फरार एक आरोपीलाई पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार मेलम्ची इलाका प्रहरी कार्यालयको टोलीले फटकशिलाकै २९ वर्षीय सचिनसिंह राईलाई पक्राउ गरी आज जिल्ला अदालत पु¥याएको हो । 

विसं २०७३ मंसिर २१ मा जिल्ला अदालतले ११ महिना १२ दिन कैद र पाँच हजार जरिवाना सुनाएकामा राईले कैद सजाय भुक्तान नगरी फरार भएको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । 

मेलम्ची प्रहरीको सक्रियताका कारण पछिल्लो समय विभिन्न मुद्दामा अदालतको फैसलाअनुसार सजाय भुक्तान नगरी फरार भएका एकदर्जन भन्दा बढी आरोपीलाई प्रहरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!