नयाँ शक्ति पर्वतलाई झड्का – नयाँशक्ति विद्यार्थी संगठन रित्तियो (विज्ञप्ती सहित)

Posted on: 01 Sep, 2017

पर्वत । नयाँ शक्ति नेपालको भादृ विद्यार्थी संगठन पर्वतमा रित्तिएको छ । देशभरी नयाँ शक्ति पार्टीनै रित्तिने क्रम जारी रहेको बेलामा पर्वतमा विद्यार्थी संगठननै धरापमा परेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा गुप्तेश्वर बहुमुखी क्याम्पसको कोषाध्यक्ष बनेकी नयाँ शक्ति नेपालकी अम्बिका फगामी पुन रातरात माओवादी केन्द्रसँग आबद्द रहेको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमा प्रवेश गरेकी हुन् । 

उनी अखिल क्रान्तिकारीमा प्रवेश गरेसँगै नयाँ शक्ति नेपाल पर्वतको विद्यार्थी संगठन शुन्यमा पुगेको छ । केहि महिना अगाडी नयाँ शक्ति नेपाल पार्टीका जिल्लाका बरिष्ठ नेताहरुसमेत माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

देशभरीनै बाबुराम भट्टराई नेतृत्वको दललाई बहिष्कार गर्ने र पाटी परित्याग गर्नेको संख्या ह्वात्तै बढेको छ । यसले नयाँ शक्ति नेपाल धरापमा परेको छ ।

अम्बिका फगामी पुनले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुको माग र समस्यालाई समधान गर्ने एक मात्र विकल्प अखिल क्रान्तिकारी विद्यार्थाी संगठन गरेको दाबी गरेकी छिन् । उनले आफूमात्रै नभइ नयाँ शक्तिको खोलमुनि बसेका सवै साथीहरुलाई अखिल (क्रान्तिकारी) संगठनभित्रै गोलबद्ध हुनको लागि आग्रह गरेकी छिन् । 

विज्ञप्ती यस्तो छ 

Image may contain: text









यस बिषयमा तपाइको प्रतिक्रिया...!