बन्द पासाङल्हामु राजमार्ग खुलाउने प्रयास शुरु

Posted on: 01 Sep, 2017

भदौ १६, रसुवा । वर्षाका कारण गएराति पहिरो जाँदा अवरुद्ध पासाङ ल्हामु राजमार्ग खुलाउने प्रयास शुरु भएको छ । 

प्रजिअ हिरादेवी पौडेलका अनुसार कालिका गाउँपालिका–१ मूलखर्कमा बन्द भएको राजमार्ग यथासक्य छिटो खुलाउन डोजर परिचालन गरिसकेको छ । 

राजमार्ग आज दिनभरिमा खुलाउने लक्ष्य लिइएकाले गन्तव्यसम्म पुग्ने कुनै पनि सवारीसाधन हल्लाको भरमा नरोक्न सबै यातायात व्यवसायीलाई आग्रह गरिएको रसुवा हेर्ने डिभिजन सडक कार्यलय, नुवाकोटले जानकारी दिएको छ । रासस 

(फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!