बेवारिसे अबस्थामा नवजात शिशुको शब फेला

Posted on: 01 Sep, 2017

पर्वत, १६ भदौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा शुक्रवार विहान एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने बाबुराम कंँडेलको घरको पछाडी पट्टी रहेको झाडीमा पुरुष जातीको नवजात शिशुको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अनुसन्धनाको लागी भन्दै प्रहरीले कुश्मा नगरपालिका –३ बस्ने वर्ष २५ को दुर्गा वि.क. कुश्मा नगरपालिका – १ बस्ने अन्दाजी वर्ष १७।१८ की अम्विका कँंडेललाई नियन्त्रणमा लिएको छ । 

स्थानियले दिएको सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरीको टोलिले उक्त शब नियन्त्रणमा लिएको र कसले जन्माएर फालेको हो भन्ने बारे कुनै जानकारी नखुलेको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी बताए । उक्त शिशु रातीनै जन्माएर जंगलमा फालेको जस्तो देखिने उनले बताए ।

उक्त शिशुको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । घटनाको सम्वन्धमा बिस्तृत अनुसन्धान कार्य भईरहेको समेत प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए । 

प्रहरीले नियन्त्रणमा लिईएको व्यक्तिहरुले शिशु आफ्नो नभएको बताएका छन् । अबैध सम्बन्धबाट बच्चा जन्मेका कारण शिशुको हत्या भएको हुनसक्ने देखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!