विवाहका लागि केटी हेर्न जानेक्रममा जिप दुर्घटना हुँदा युवकको मृत्यु

Posted on: 02 Sep, 2017

भदौ १७, सोलुखुम्बु । सोलुखुम्बुको दूधकोशी गाउँपालिका वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जानेक्रममा शनिबार जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ ।

ना१ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा केटीको घर नपुग्दै जिप दुर्घटनामा परी मृत्यु भएको आफन्तले बताएका छन् ।

११ जना यात्री बोकेको जिप सडकबाट तल खस्दा शेर्पाको मृत्यु भएको र गम्भीर घाइते भएका अन्य चारजनालाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!