धारिलो हतियार प्रयोग गरी हत्या २८ वर्षीय युवाको हत्या

Posted on: 03 Sep, 2017

भदौ १८, पाल्पा । रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ । 

हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् । खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । 

हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पु¥याए पनि उनको बाटैमा मृत्यु भएको थियो । कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ । 

पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण पन्तले अभियुक्तको खोजी भइरहेको बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!