अरिंगलको गोलो पोल्दा घरमा आगलागी

Posted on: 05 Sep, 2017

पोखरा, २० भदौ /पोखराको लेकसाइडमा सोमबार मध्यरातमा अरिंगलको गोलो पोल्दा घरमा आगलागी भएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ शान्तिपाटन, ठाडोपसलका कृष्णबहादुर कुँवरको पुरानो घरको अरिंगलले झ्यालमा बताएको गोलो पोल्ने बेलामा घरमा आगोलागेको हो । गोलो पोल्दा लगाईएको आगोले घर नै ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ ।

आगो फैलँदा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । मानवीय क्षति भने भएन । कुँवरले नजिकै काम गर्ने मजदुरहरुलाई गरेको आग्रह बमोजिम नै उनीहरुले आगोको मुस्लो झोसेर अरिंगलको गोलो पोलेका थिए । अरिंगलको गोलो पोलेपछि मजदुरहरु घर तिर गएका थिए । राति साढे नौ बजेतिर झ्यालमा गोलो पोल्दा लगाईएको आगो फैलिए पछि राति ११ बजेमात्र घरको अन्य फैलिएको हुन सक्ने प्रहरीको भनाई छ ।

आगलागीपछि तल्लो तल्लाका सामान झिक्न भ्याएपनि माथिल्लो तल्लाबाट सामान जलेर नस्ट भएका छन् । आगोलाई स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र दमकलको साहेताले राति १ बजे नियन्त्रणमा लिएको थियो ।

तस्बिरः रञ्जन अधिकारी

यस बिषयमा तपाइको प्रतिक्रिया...!