मोरङमा मोटरसाइकल दुर्घटनामा चार गम्भीर घाइते

Posted on: 05 Sep, 2017

भदौ २०, मोरङ। मोरङको बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प ५३५४ नंको मोटरसाइकल आपसमा ठोक्किएका थिए । 

दुर्घटनामा को ७ प २५५९ नंको मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने ३० वर्षीय अम्बिका कोइराला, उनकै श्रीमती २८ वर्षीया सम्झना कोइराला, छोरा दुई वर्षीय असन कोइराला र को २५ प ५३५४ नंको मोटरसाइकलमा सवार धनकुटा राजारानी–६ बस्ने ४४ वर्षीय रुद्र लिम्बू घाइते भएका हुन् । 

घाइते चारैजनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । रासस 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!