इलामको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान

Posted on: 05 Sep, 2017

भदौ २०, इलाम। इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुभएको छ । 

एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब रु २० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको स्वास्थ्य चौकी इञ्चार्ज नवीनकुमार पौदारले जानकारी दिनुभयो । 

आले परिवारले दिएको जग्गालाई नापजाँच गरी स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रसम्म नै पहल गरिने वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!