अग्रज पत्रकार धर्मेन्द्र झा सम्मानित

Posted on: 05 Sep, 2017


भदौ २०, तेह्रथुम । नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखाले महासंघका पुर्वकेन्द्रीय अध्यक्ष तथा अग्रज पत्रकार धर्मेन्द्र झालाई सम्मान गरेको छ । 

लामो समयसम्म क्रियाशील पत्रकारिता गर्दै नेपाली पत्रकारिताको विकास र समृद्धिका लागि उल्लेखनीय योगदान पु¥याएको भन्दै पुर्वअध्यक्ष झालाई कदर–पत्रसहित दोसल्ला ओढाई अविरजात्रा गरेर सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै अग्रज पत्रकार झाले समाज बदल्ने आफ्नो दायित्व नभुल्न पत्रकारहरुलाई सुझाव दिनुभयो । पत्रकारिता पेशा चुनौतीपुर्ण बास्तवमै चुनौतीपुर्ण रहेको भन्दै उहाँले पहाड र कुना कन्दरामा थुप्रै दुःख दद्र बेहोरेर समेत नेपाली पत्रकारहरुले समाज रुपान्तरणको प्रयास गरिरहेका बताउनुभयो । 

उहाँले नेपाल पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वले श्रमजिवी पत्रकारहरुको हितमा थुप्रै काम गर्ने विश्वास व्यक्त गर्दै न्युनतम पारिश्रमिक कार्यान्वयन र समयानुसार फेरबदलमा समेत ध्यान दिन सुझाव दिएको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना र तेह्रथुम शाखाका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेले आ–आफ्नो धारणा राखेका शाखा सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!