सिन्धुपाल्चोकमा सात वर्षदेखि फरार अभियुक्त पक्राउ

Posted on: 06 Sep, 2017

भदौ २१,मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारबाट बहुविवाह मुद्दाको सात वर्षदेखि फरार रहेका अभियुक्तलाई मंगलबार राति पक्राउ गरेको छ । 

जिल्ला अदालत चौताराको २०६७ माघ ११ गतेको फैसलाले हेलम्बु गाउँपालिका–६ इचोक बस्ने २८ वर्षीय चन्द्रबहादुर ज्योतिलाई ११ महिना १५ दिन कैद र रु पाँच हजार ५०० जरिवाना सुनाएको थियो । 

कैद र सजाय भुक्तान नगरी फरार रहेका ज्योतिलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत बुझाइने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । 

पछिल्लो समय इलाका प्रहरी कार्यालय, मेलम्चीले एक दर्जन भन्दा बढी फरार अभियुक्त पक्राउ गरी जिल्ला अदालत बुझाएको छ । रासस 



यस बिषयमा तपाइको प्रतिक्रिया...!