रसुवामा फैलियाको रोग नियन्त्रणमा

Posted on: 06 Sep, 2017

भदौ २१,रसुवा। नौकुण्ड गाउँपालिकामा गत दुई हप्तादेखि फैलिएको रोघाखोकी, ज्वरो नियन्त्रणमा आएको छ । 

जिल्ला जनस्वाथ्य अधिकृत वसुन्धरा शर्माकाअनुसार नौकुण्ड गाउँपालिका–१ को लाङवुथाङडोर सिङबन्दीलगायतका गाउँमा ज्वरोको समस्याले तीन सय भन्दा बढी नागरिक बिरामी परेको सूचना प्राप्त भएपछि औषधिसहितको स्वाथ्यकर्मी परिचालन गरेर रोग नियन्त्रणमा ल्याइएको हो । 

बिरामीको उपचारका लागि चाहिने औषधि स्थानीय स्वास्थ्य चौकीमा नपुगभएपछि गाउँपालिकातर्फबाट रु एक लाख ५० हजार मूल्य बराबरका खरिद भएको प्रत्यक्ष नुर्पू साङ्बो घलेले बताउनुभयो । 

रोगबाट बच्नका लागि सचेत रहन, चर्पीमा मात्र दिशापिसाब गर्न, साबुन पानीले हात धुन, बासी नखान र पानी उमालेर मात्र खान सबैमा आग्रह गरिएको जिल्ला स्वाथ्य कार्यालय रसुवाले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!