जुम्लाका पत्रकार र प्रशासनबिच नियमित छलफल हुने

Posted on: 06 Sep, 2017


नन्दराम जैशी/भदौ २१, जुम्ला । जुम्लाका पत्रकार र प्रशासनबिच आगामि दिनमा नियमित मासिक छलफल हुने भएको छ । 

जिल्लाको तत्काल समसामायिक बिषयबस्तुमा आधारीत भएर आगामि दिनमा जुम्लाका पत्रकार र जिल्ला प्रशासनबिच छलफल हुने भएको हो । छलफलमा जिल्लाको तत्कालीन अवस्था र महत्वपुर्ण बिषयबस्तुमा समिक्षा गरी जिल्लाको सुशासन र विकासमा अघि बढ्न सहज हुने भएको छ । 

जुम्लामा ३९ औ सिडियोको रुपमा आउनुभएका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जुम्लाका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै हरेक महिनाको २ गते जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुसँग छलफल गर्ने घोषणा गर्नुभएको छ । परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाको कुनै पनि क्षेत्रमा जनताको हित विपरित हुने गलत निर्णयमा एकाधिकार हुन नदिने बताउनुभयो । 

डिएसपि तपन कुमार दाहालले जिल्लाको शान्ती सुरक्षामा कुनै पनि कमि आउन नदिने बताउनुभएको छ । लागु औषध दुब्र्यशनी, ट्राफिक नियम उलंग्घन गर्ने, चोरी डकैति, गुण्डागर्दि, मानव ओसारपसार, बेचबिखन र यौन धन्दामा संलग्न हुने जो सुकैलाइ प्रहरीले नछोड्ने उहाको भनाइ छ । 

परिचयात्माक कार्यक्रममा सहभागि जुम्लाका पत्रकारहरुले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सरसफाइ ब्यवस्थापन गर्न, कर्मचारीहर नियमित स्वास्थ्य संस्था बस्न र अन्य सरकारी कर्मचारीहरुले समयपालना तथा नियमिततालाइ ध्यान दिन जुम्लाका पत्रकारहरु्रले ध्यानाकर्षण गराएका छन् ।      


यस बिषयमा तपाइको प्रतिक्रिया...!