जुम्लाका सरकारी कर्मचारीले बजार सरसफाइ गरे

Posted on: 06 Sep, 2017


भदौ २१, जुम्ला । निजामति कर्मचारी सेवा दिवसको अवसरमा जुम्लाका सरकारी कर्मचारीले बजार सरसफाइ गरेका छन् । 

दिवसको पुर्वसध्यमा बुधबार (आज) बिहान सरकारी कर्मचारीले जुम्ला बजार सरसफाइ गरेका हुन् । जिल्ला प्रशासन कार्यालयदेखि कृष्णमन्दीर हुदै जिप्रकासम्मको सडक सरसफाइ गरीएको छ । 

जुम्लमा हरेक बर्ष निजामति कर्मचारी सेवा दिवसको अवसरमा सरसफाइ गर्ने गरीएको छ । सुन्दर नगर निर्माण र आफ्नो स्वास्थ्यको लागि ब्यक्तिगत मात्र नभइ बातावरणिय सरसफाई पनि त्यत्तिकै आवाश्यक छ, भन्ने सन्देश दिन बजार सरसफाइ गरीएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताउनुभयो । 


जुम्ला बजारका ब्यापारीहरुले ब्यापारबाट निस्केको फोहोरमैला जथाभावि बजारमा फाल्ने गरेका छन् । कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न नगरपालिकाले अन्ुरोध गरेपनि ब्यापारीहरुले वास्था गरेका छैनन् । 

सडकका पेटिमा समेत ब्यापारीक सामान राखेर दुर्घटनाको जोखिम बढाइ रहेका छन् । आधिकारीक ट्रेड युनियन जिल्ला कर्मचारी समिति जुम्लाको आयोजनामा भएको बजार सरसफाई कार्यक्रममा बोल्दै ट्रेड युनियन जुम्लाका एमराज कार्किले स्थानिय र ब्यापारीहरुले नबुझेर भन्दा बुझेर बुझ पचाएका कारण बजारमा फोहोर बढ्दै गएको बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!