डडेल्धुराका ६८ जना मुक्त हलियालाई ‘जग्गा धनी दर्ता प्रमाण पुर्जा’ वितरण

Posted on: 06 Sep, 2017

भदौ २१, डडेल्धुरा । नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको आज ९ वर्ष पूरा भएको छ । 

२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका मध्य र सुदूरपश्चिमका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६५ भदौ २१ गते सरकारले मुक्ति घोषणा गरेको थियो ।

त्यसपश्चात वास्तविक हलियाहरुको पहिचान गर्न पुन संख्या अध्ययन गरिएकोमा १६ हजार नौ सय ५३ हलिया परिवार रहेको राष्ट्रिय मुक्ति हलिया समाज महासंघको केन्द्रिय कार्यालय डडेल्धुराले जनाएको छ । अझैँ १२ जिल्लाका ७ हजार दुई ५९ मुक्त हलियाहरुले परिचय पत्र पाउन सकेका छैन् ।

हलिया मुक्ति घोषणाको ९ वर्ष पूरा भएको अवसरमा डडेल्धुरामा नवौँ मुक्त हलिया दिवस मनाइएको छ ।

‘मुक्त हलिया न्यायीक पुनःस्थापना हाम्रो अधिकार, न्याय र मानव अधिकार हाम्रो सरोकार’ भन्ने नाराका साथ¥याली र अन्तरक्रियाको आयोजना गरि दिवस मनाइएको हो ।

मुक्त हलिया पुर्नस्थापना समस्या समाधान समिति, डडेल्धुराको आयोजना तथा जिल्ला हलिया मुक्ति समाज र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयुक्त संयोजनामा दिवस मनाइएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष सुन्दर जैरुले जानकारी दिएका छन् ।

दिवसका अवसरमा डडेल्धुराका ६८ जना मुक्त हलिया परिवारलाई ‘जग्गा धनी दर्ता प्रमाण पुर्जा’ वितरण गरिएको छ । मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्तरगत उनीहरलाई उक्त पुर्जा वितरण गरिएको हो । ‘जग्गा धनी दर्ता प्रमाण पुर्जा’ पाए पछि मुक्त हलियाले खुशी व्यक्त गरेका छन् ।

‘जग्गा धनी दर्ता प्रमाण पुर्जा’ पाएका डडेल्धुराको अजयमेरु गाउँपालिका २ का परुवा चुनाराले पहिला हामी सुकुम्बासी थियौँ र पुर्जा पाइसकेपछि हुकुम्बासी भएको बताएका छन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!