मकवानपुरको विभिन्न गाउँपालिकामा गाँजाखेतीको ब्याड नष्ट

Posted on: 07 Sep, 2017

भदौ २२,मकवानपुर। जिल्लाको कैलाश, राकसिराङ र मनहरि गाउँपालिकाका विभिन्न वडामा स्थानीय कृषकले गाँजाखेतीका लागि ११ बिगाहा १५ कट्ठा जग्गामा राखिएको ब्याड जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरीे टोलीले आज बिहान सबै ब्याड नष्ट गरेको छ । 

त्यसैगरी जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिकाअन्तर्गत पर्ने छतिवन र धियालका विभिन्न वडामा राखिएको गाँजाको ब्याड नष्ट गर्न प्रहरीको ५० जनाको टोली आज त्यसतर्फ पठाइसकिएको प्रहरी उपरीक्षक विश्वराज खनालले जानकारी दिनुभयो । 

गाँजा नष्ट गर्न एक हप्ताअघिदेखि करिब ६० जनाको प्रहरी टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!