सामाजिक कार्यकर्ताहरुलाई सूचनाको हक र सामाजिक परिक्षण तालिम

Posted on: 08 Sep, 2017


भदौं २३ , उदयपुर । जिल्लामा कार्यरत सामाजिक कार्यकर्ताहरुलाई सुशासनमुखी अवधारणा बारे प्रष्ट पार्न र सो सम्बन्धी शिप प्रदान गर्न सूचनाको हक र सामाजिक परिक्षण विषयमा तिन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ ।

जाल्पा एकिकृत विकास समाज(जिड्स) उदयपुर, नेस्पेक उदयपुर र वल्र्डभिजन ईन्टरनेशनल नेपालको साझेदारी र सहयोगमा गत बुधबार देखि आयोजना गरिएको तालिममा स्थानिय २० जना सामाजिक कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको हो ।

सहभागीहरुलाई सूचनाको हक के हो, सूचनाको हक सम्बन्धी कानुनी प्रावधान र प्रयोगको विधिहरु बारे सूचनाको हकका लागि नागरिक संजालका संयोजक अजयकुमार साहले सहजीकरण गरेका थिए भने सामाजिक परिक्षणको अवधारणा र विधी बारे सहजकर्ता दुर्गानन्द चौधरीले सहजीकरण गरेका थिए ।

तालिमबाट सहभागीले सार्वजनिक निकायहरुबाट सूचना माग गर्ने विधि, सूचना माग निवेदन, उजुरी र पुनरावेदन सम्बन्धी प्रावधानहरु बारे अभ्यास समेत गरेकाछन् । त्यस्तै उनिहरुले सार्वजनिक निकायमा सूचना व्यवस्थापन गर्ने विधिहरु बारे समेत छलफल गरेकाछन् ।


जिल्लामा संघ संस्थाहरुले गर्ने क्रियाकलापहरुको सामाजिक परिक्षण गर्दै आईरहेकोमा त्यसमा रहेका त्रुटिहरु बारे जानकारी दिनुका साथै सामाजिक परिक्षणको विधिहरु बारे समेत सहभागीहरुले जानकारी लिएकाछन् । यस तालिमले हामीलाई अझ ऊर्जाशिल बनाएको तालिमका एक सहभागी युवराज राई बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!