पोखरा बसपार्कमा सार्वजनिक शौचालय

Posted on: 09 Sep, 2017

भदौ २४, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको पृथ्वीचोकस्थित बसपार्कमा सहारा क्लबद्वारा सञ्चालित सार्वजनिक शौचालय रु २९ लाखको लागतमा मर्मतपछि सञ्चालनमा आएको छ । 

सुविधासम्पन्न सो शौचालय महानगरपालिकाको करिब रु १४ लाख चार हजार, सहारा क्लबको रु १३ लाख ४९ हजार, बाबा फाउण्डेशन नेपालको रु ६० हजार, बिबी निर्माण सेवा चाउथेको रु ५५ हजार ५५५ र गुरुङ स्टोन सप्लायर्सको रु ३० हजारको आर्थिक सहयोगमा मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । 

व्यस्त बजार पृथ्वीचोकमा सर्वसाधारलाई सुविधा पु¥याउने उद्देश्यका साथ निर्माण गरी सञ्चालनमा ल्याइएको अपांगतामैत्री सो शौचालयमा स्नानगृह पनि छ । एकै पटकमा २२ जनाले दिसापिसाब गर्ने सुविधा रहेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो 

महिला र पुरुषका लागि छुट्टाछुट्टै तथा अपांगता भएकाका लागि एउटा कक्षको व्यवस्था गरिएको सो शौचालय प्रवेशमा प्रतिव्यक्ति रु पाँच तथा अपांगता भएको व्यक्तिको हकमा निःशुल्क गरिएको महासचिव केशवराज बरालले जानकारी दिनुभयो । 

विभिन्न स्थानबाट बसमा आउने यात्रुलाई सुविधा पु¥याउने अभिप्रायले क्लबले लगभग डेढ दशकदेखि शौचालय सञ्चालनमा ल्याइएकामा जीर्ण अवस्थामा पुगेपछि पुनःनिर्माण गरिएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!