नुवाकोटमा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु, दर्जन बढी घाइते

Posted on: 09 Sep, 2017

भदौ २४, नुवाकोट | काठमाडौँबाट नुवाकोट जाँदै गरेको यात्रुबाहक बस गुरुङ गाउँमा दुर्घटना भएको छ । 

दुर्घटनामा तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । अन्य दर्जन बढी घाइते भएका छन् । ज्यान गुमाउनेहरुको सनाखत भएको छैन ।


काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस टोखा-छहरे सडक खण्डको शिवपुरी ७ गुरुङ गाउँमा पल्टिएको हो । घटनास्थलमा अहिले स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् । बस मध्यान्ह पौने १२ बजे दुर्घटनामा परेको थियो ।

यस घटनाको थप विवरण आउन बाँकी छ । 

टोखा-छहरे सडक खण्ड निकै समस्याग्रस्त र खतरनाक सडक खण्ड अन्तर्गत पर्दछ । पछिल्लो समय बर्षाको कारण उक्त सडक खण्डमा सवारी आवागमन समेत निकै प्रभावित हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!