लमजुङमा माछा मार्ने क्रममा करेण्ट लागेर एकको मृत्यु

Posted on: 09 Sep, 2017

भदौ २४, लमजुङ । लमजुडको मध्यनेपाल नगरपालिकामा करेण्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मध्यनेपाल ७, रामबजारका ३६ वर्षीय विलबहादुर बोटे रहेका छन् । मिदिम खोलामा माछा मार्ने क्रममा उनकोे करेण्ट लागेर मृत्यु भएको हो ।

ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा लामो बाँस बिजुलीको तारमा छोइएपछि करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर भएका बोटेलाई उपचारका लागि पोखरा लादैगर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो । 

स्थायी घर तनहुँ भई हाल मध्यनेपालको रामबजार बस्दै आएका बोटेको शव परीक्षणका लागि दमौली लगिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!