२०० मिटरभन्दा माथिबाट ठोक्किदै झर्यो, धुरीमा बजारियो ! (हेर्नुहोस् १० तश्विर)

Posted on: 09 Sep, 2017

भदौ २४, नुवाकोट | काठमाडौँबाट नुवाकोटको खरानीटार तर्फ जाँदै गरेको यात्रुबाहक बस आज मध्यान्हतिर खतरनाक दुर्घटनामा परेको छ । 

दुर्घटनामा ४ जना भन्दा बढीको मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ भने अझै मृतकको शंख्या थपिन सक्ने बताईएको छ । मृत्यु हुनेमा विदुरकी शशी बोगटी र तादी– ५ कि लक्ष्मी न्यौपानेको सनाखत भएको छ ।

काठमाडौंबाट बिहान ९:३० बजे नुवाकोटको खरानीटार तर्फ जाँदै गरेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस टोखा-छहरे सडक खण्डको शिवपुरी ७ मा सडकबाट झन्डै २०० मिटरभन्दा तल पल्टिएको थियो । सडकबाट खसेको बस स्थानीयको धुरीमा गएर अड्किएको छ । गाडीको पुरै भाग ध्वस्त अवस्थामा छ भने स्थानीयको भनाई अनुसार गाडी धेरै पटक टक्कर खाँदै गोठमा आइ अड्किएको हुँदा क्षेतीग्रस्त भएको र धेरै यात्रुहरु गम्भीर अवस्थामा घाइते भएका छन् । 

घटनामा डेढ दर्जन भन्दा बढी घाइते भएका छन् । उनीहरु मध्ये केहि घाइतेहरुलाई काठमाडौँको ग्रीन सिटि हस्पिटल ल्याईएको छ । उद्दार गरि काठमाडौँ ल्याइएको घाइतेहरुको अवस्था बुझ्न कांग्रेस नेताहरु अर्जुन नरसिंह केसी र जगद्धिश्वर नरसिंह केसी पुगेका छन् ।

टोखा-छहरे सडक खण्ड निकै समस्याग्रस्त र खतरनाक सडक खण्ड अन्तर्गत पर्दछ । पछिल्लो समय बर्षाको कारण उक्त सडक खण्डमा सवारी आवागमन समेत निकै प्रभावित हुने गरेको छ । भिरको बाटो भएको हुनाले चालकले थोरै मात्र सन्तुलन गुमाउँदा पनि भयानक दुर्घटनाको सिकार बन्ने अवस्था छ । 

हेर्नुहोस् तश्विरहरु: 





तश्विर साभार: सामाजिक संजालबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!