नुवाकोट बस दुर्घटना अपडेटः ६ को मृत्यु, २८ जना घाइते

Posted on: 09 Sep, 2017

भदौ २४, नुवाकोट । नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने २८ जना घाइते भएका छन् । 

काठमाडौंबाट नुवाकोटका लागि छुटेका बा १ ख ६३४८ नम्बरको यात्रु बस आज दिउँसो शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा दुर्घटना भएको हो ।

खरानीटारका लागि बिहान ९.३० बजे काठमाडौ बालाजुस्थित माछापोखरीबाट छुटेको सो बस सडकबाट तीन सय ५० मिटर तल खस्दा घाइते भएका २८ जना मध्ये चार जनाको अवस्था गम्भिर रहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनामा परी विदुर  नगरपालिका वडा नम्बर नौका २१ बर्षीय शशी बोगटी, तादी गाउँपालिकाका ४५ बर्षीया लक्ष्मी न्यौपाने,सोही ठाउँकी ६७ बर्षीया फुलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो ।  

उपचारका लागि लगिएका मध्ये ५४ बर्षीय लालबहादुर तामाङ,२२ बर्षीया सविना तामाङ र उजेली मिजारको ग्रीनसिटी अस्पताल काठमाडौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!