डडेलधुरामा पूर्ण सरसफाई वडा बनाउन देउडा प्रतियोगीता

Posted on: 09 Sep, 2017


भदौ २४, डडेलधुरा । अजयमेरु गाउँपालीकाको वडा नम्बर १ लाई पूर्व सरसफाई वडा घोषण गर्न आज महिला देउडा प्रतियोगीता गरेको छ ।

मानब स्वास्थ्यका लागी सरसफाई भने शिर्षकमा महिला देउडा प्रतियोगीता गरीएको हो । प्रतियोगीतमा प्रथम कैलपाल गाउँ महिला समुह, द्धितीय सरस्वती आमा समुह, त्तितीय प्रगितीसिल गाउँ महिला समुह र शान्तोना नब यूग सरसफाई समुह भएको अजयमेरु गाउँपालीका वडा नम्बर १ का प्रबिधीक रतन ऐरले जाकारी दिए ।

प्रथम, द्धितीय,त्तितीय र शान्तोनालाई क्रमःस २०००, १५००, १०००, ७५० नगद प्रदान गरीएको छ । बाल कल्याण माबिको प्राङगणमा भएको प्रतियोगीताको रेडियो यूनिटीले प्रत्यक्ष प्रशारण समेत गरेको थियो । महिला देउडा प्रतियोगीताकाको अजयमेरु गाउँपालीकाका अध्यक्ष उमेश प्रशाद भट्टले गरेको थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!