गुल्मीमा बुहारीले आफ्नै ससुरामाथि छुरा प्रहार किन गरिन ?

Posted on: 13 Sep, 2017

प्रेम सुनार/भदौ २८, गुल्मी । गएराती गुल्मीको आँपचौरमा बुहारीले ससुरालाई छुरा प्रहार गरेर सख्त घाईते बनाएकी छन् । 

मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरको खर्वाङ्ग भन्ने गाउँकी ४० वर्षिया गोमा परियारले ५८ वर्षिय ससुरा तुलबहादुर परियारलाई टाउँकोमा छुरा प्रहार गरेकी हुन् । 


मजुवा ईलाका प्रहरी कार्यालयका असाई रमैया यादवका अनुसार घाईते ससुराको टाउकोमा डेढ ईन्च गईराईको चोट लागेको छ । हिजो रातीनै उनलाई मजुवाको रुद्रवती अस्पतालमा उपचार गर्न ल्याईएको थियो । 

हिजो साँझ तुलबहादुरले नातीलाई हप्काउँदै एक दुई थप्पर पनि लगाएको रिसले बुहारीले एक्कासी ससुरालाई टाउँकोमा छुरा प्रहार गरेको असई यादवले जानकारी दिए । 

अहिले विहान छलफल चलिरहेको उनले बताए । उनको छोरा युद्धविर पनि घरमै थिए । उनिहरु छुट्टिएर अलग अलग बस्दै आई रहेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!