मोरङमा पोखरीमा डुबेर मृत्यु

Posted on: 13 Sep, 2017

भदौ २८, मोरङ। विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा आज सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ । 

उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!