बर्दियामा साना किसानलाई अनुदान उपलब्ध गराइने

Posted on: 14 Sep, 2017

भदौ २९, बर्दिया । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले साना किसानलाई सिधै अनुदान उपलब्ध गराउन प्राथमिकताका साथ काम अघि बढाएको बताउनु भएको छ । 

बारबर्दिया नगरपालिकाको पहिलो नगरसभाको बजेट अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पहुँचवाला सहकारी या किसानलाई मात्र अनुदान दिने कार्यलाई निरुत्साहित गरी साना किसानलाई प्राथमिकतामा राखी अनुदानका कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । साना किसानलाई अधिकार सम्पन्न बनाउन परिचयपत्रको व्यवस्था गर्न लागिएको उहाँको भनाइ थियो । 

किसानलाई निर्वाहमुखी मात्र नभई व्यवसायमुखी बनाएर लैजानुपर्नेमा जोड दिँदै उहाँले साना किसान कार्यक्रममा अनुदान बढाएर एक वर्षभित्र अण्डा, दुई वर्षभित्र मासु र तीन वर्षभित्रमा दूधमा आत्मनिर्भर हुने गरी कार्यक्रम ल्याइने जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!