नदीमा खसेर ४८ वर्षीय नेपाली बेपता

Posted on: 14 Sep, 2017

भदौ २९, जाजरकोट। बारेकोट गाउँपालिका वडा नं ८ का ४८ वर्षीय पठाने नेपाली नलगाड नदीमा खसेर बेपता भएका छन् । 

बुधबार बेलुकी ८ बजे नेकपा (एमाले)को बारेकोट गाउँपालिकाको भेलाबाट फर्कंने क्रममा सेपुखोलास्थित नलगाड नदी काठको पुलबाट तर्ने क्रममा खसेर बेपता भएका हुन् । बेपता नेपालीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!