सरल बचत तथा ऋणसहकारीको अध्यक्षमा निरौला

Posted on: 17 Sep, 2017

असोज १, विराटनगर। सरल बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभाले गोविन्द निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । 

सो समितिको उपाध्यक्षमा लेखनाथ अधिकारी, सचिवमा प्रमिला निरौला, सहसचिवमा देवीबहादुर प्रधान, कोषाध्यक्षमा सुवास सञ्जेज चयन हुनुभएको छ । 

सो सहकारीको शेयर पुँजी रु ८६ लाख २८ हजार ६ सय, बचत रु दुई करोड ३६ लाख ९१ हजार ८११, ऋण लगानी रु दुई करोड ९७ लाख ३० हजार ६९१ र सञ्चित कोष रु ५७ लाख एक हजार ४६३ रहेको सहकारीका व्यवस्थापक चक्रप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!