सिन्धुपाल्चोकमा चट्याङ लागेर एक महिलाको मृत्यु

Posted on: 17 Sep, 2017

भदौ १, चौतारा । चट्याङ लागेर आज सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ । 

त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका ५४ वर्षीया कान्छीमाया श्रेष्ठको गोठमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । 

चट्याङ लागेर श्रेष्ठका श्रीमान् साइला घाइते भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो । चट्याङबाट श्रेष्ठको एक हल गोरुसमेत मरेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!