मतदान गरेर घर फर्किंदै गर्दा मृत्यु

Posted on: 18 Sep, 2017

असोज २, धनुषा । प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । 

धनुषाको बटेश्वर गाउँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको छ । 

स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा उनको मृत्यु भएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!