ट्रक दुर्घटना हुँदा २५ बर्षीय चालकको मृत्यु

Posted on: 19 Sep, 2017

असोज ३, मकवानपुर। हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको छ । 

आज बिहान ३ बजे सो स्थानमा राजपथबाट ८०० मिटर तल खसी दुर्घटना हुँदा सो ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उनको अहिले सनाखत भई नसकेको र उनको शव हेटौँडातर्फ ल्याइएको प्रहरी नायब उपरीक्षक दिलीप झाले जानकारी दिनुभएको छ । 

सोही दुर्घटनामा परी सोही ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने २५ वर्षीय अनिल बलामी गम्भीर घाइते भई थप उपचारका लागि पालुङस्थित उपचार केन्द्र ल्याई त्यहाँबाट आजै बिहान काठमाडाँै पठाइएको प्रहरीले जानकारी दिएको छ । 

सो ट्रकमा अन्य यात्रु नभएको पालुङ इलाका प्रहरीले बताएको छ ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!