अभिभावकविहिन प्युठानका दाजुबहिनीलाई संरक्षणका लागि पोखरा पठाईयो

Posted on: 19 Sep, 2017

सागर रिजाल/असोज ३, प्यूठान  । प्यूठान जिल्लाका दुई बालबालिकालाई संरक्षणका लागि सिर्जनशिल बालविकास केन्द्र पोखरा पठाइएको छ । 


जिल्ला बालकल्याण समिति प्यूठानले बालकल्याण समिति कास्कीसँग समन्वय गरि प्यूठान नगरपालिका–८ दम्तीका दुई बालबालिकालाई संरक्षणका लागि मंगलबार केन्द्रमा पठाएको हो । 

९ वर्षीय सुनिल कुमाल र ६ वर्षीया भावना कुमाल बुवाआमाको मृत्यु पछि अभिभावक विहीन भएका थिए । सुनिलले कक्षा ३ मा र भावनाले कक्षा १ मा अध्ययन गर्दै आएका छन् । दाजुबहिनी मल्लरानी गाउँपालिका–५ खैरामा ठुलिआमाकोमा बस्दै आएका थिए । 

बालबालिकाको आफन्तको निवेदनको आधारमा उनीहरुको शिक्षादिक्षा र संरक्षणका लागि केन्द्रमा पठाईएको जिल्ला बालकल्याण समिति प्यूठानका बालअधिकार अधिकृत यादव खनालले जानकारी दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!