सविधान दिवसको अवसरमा विन्ध्यबासिनी मन्दिरमा सरसफाई

Posted on: 19 Sep, 2017

पोखरा, ३ असोज/लायन्स क्लब अफ माछापुच्छे, शसस्त्र प्रहरी बल कालिका गण र लियो क्लब अफ माछापुच्छेको आयोजनामा विन्ध्यवासिनी मन्दिर परिषद सरसफाइ गरेको छ । सविधान दिवसको अवसर पारे भएको कार्यक्रममा विन्ध्यवासिनी मन्दिर वरपरका भएका फोहोरहरु संकलन गरेको थियो ।

वरपर सरसफाइका क्रममा करिब एक ट्क्टर फोहोर संकलन भएको लायन्स क्बल अफ माछापुच्छेका अध्यक्ष दिपेन्द्र प्रताप चन्दले जानकारी दिए । सोही अवसरमा विन्ध्यवासिनी धार्मिक समितिका लागि डस्बिन हस्तान्त्ररण गरेको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरी कालिका गण एसपि भिमबहादुर थापा र लायन्स कोस्टर नम्बर ३ का सिनियर एओजी रामचन्द्र पोख्रेरले उद्घाटन गरेका थिए । सरसफाइमा कालिकागण, लायन्स र लियोबाट करिब ७० जनाको सहाभागीता रहेको थियो । बिहीबार देखि शुरु हुने विजया दशमीलाई लक्ष्त गरि सरसफाई गरेको क्बलका सचिब पुर्ण न्यौपानेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!