विपन्न परिवारलाई सौर्य टुकी

Posted on: 12 Feb, 2016

प्रकाश धौलाकोटी/माघ २९, तेह्रथुम । तेह्रथुममा जिल्ला विकास समिति अन्तर्गतको स्थानीय विकास कोषले छातेढुङ्गा र चुहानडाँडाका विपन्न परिवारलाई सौर्य टुकी वितरण गरेको छ ।

अँध्यारोमा रात बिताउँदै आएका यी दुई गाविसका १ सय ५३ विपन्न परिवारलाई कोषले निशुल्क रुपमा सौर्य टुकी बाँडेको हो ।

विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको र ऊर्जाको अन्य स्रोतमा यी विपन्न समुदायको पहुँच नपुग्ने भएकाले कोषको सहयोगमा निःशुल्क सौर्य टुकी वितरण गरिएको कोषका कार्यकारी सचिव कृष्णप्रसाद घिमिरेले बताउनुभयो ।

निःशुल्क रूपमा सौर्य टुकी पाएपछि यी दुई गाविसका विपन्न र दलित समुदायमा अहिले उज्यालो छाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!