विद्यालय भित्रै जाँड भट्टी, शिक्षक भन्छन हाम्रो क्यान्टीन हो

Posted on: 20 Sep, 2017

प्रेम सुनार।असोज ४, गुल्मी। विद्यालयको सय मिटर वरपर मदिरा विक्रि वितरण गर्न नपाई भनिए पनि अर्घाखाँचीको एक विद्यालय भित्रै  देखालो क्यान्टीन र  नदेखालो जाँड भट्टी रहेको छ । सरस्वती माध्यामिक विद्यालय छत्रदेव गाउँपालिका वडा नम्वर ७ , साविकको भगवती ८ भुस्खातामा यस्तो क्यान्टीन रहेको हो । त्यस विद्यालयको गेटभित्रको वाँया साईडमा एउटा छाप्रोमा विद्यालयले चुरामणी पाण्डेका दम्पती मार्फत क्यान्टीन सञ्चालन गरेको छ । त्यस क्यान्टिन भित्र विहान देखि साँझ अवेर सम्म मदिरा विक्रि वितरण हुने गरेको छ । प्रधानध्यापक ठाकुरप्रसाद पाण्डेलाई पटक पटक मौखीक र व्यवस्थापन समितिलाई  लेखेरै क्यान्टीनमा मदिरा नवेच्न आग्रह गरे पनि अटेरी गरेको स्थानियवासी एवं पुर्व प्रहरी सहायक निरीक्षक रामप्रसाद पाण्डेले बताए ।

 

हामी त्यहाँ पुग्दा प्रधानध्यापक पाण्डे एक घटनाको शिलशिलामा सन्धीखर्क पुगेका थिए । विद्यालयको तर्फबाट बोल्दै सहायक प्रधानध्यापक   विनिराम पाण्डेले  त्यसमा क्यान्टीन सञ्चालकले अरुलाई मदिरा विक्रि वितरण गरे पनि आफुहरु शिक्षकहरुले सेवन नगर्ने गरेको बताए । उनले आफुहरुले देख्ने गरी भने नबचेको दावि । अर्का शिक्षक नारायणप्रसाद पाण्डेले उक्त पसल विद्यालयकै क्यान्टीन भएको र यस्तो समसमायिक र गम्भीर विषय मिडियाले उठाएकोमा धन्यबाद दिए । ‘यो तपाईहरुले उठाउन लाग्नु भएको विषय धन्यबाद दिने विषय हो , अव हामीले जसरी पनि निराकण गर्नेछौं ,  विद्यालयको क्यान्टीन भित्र मदिरमा बेच्न दिनै हुन्न’– उनले भने । 

   जाँड रक्सी सेवन नगर्ने स्थानियहरुले त्यस क्यान्टीनलाई ‘विद्यालयको जाँड भट्टी’को संज्ञा दिदै आएका छन् ।  हामी त्यस क्यान्टीन भित्र पस्दा वियर र विभिन्न ब्राण्डका मदिराका सिसीहरु भुईमा छरपस्ट थिए ।  ढोकाको मुख मै पुग्दा खाना र नास्ता बाहेक केहि देखिदैन् । खाद्या सामग्री राखेको स्थानमा लुकाएर मदिराहरु राख्ने गरिएको छ । स्थानियका अनुसार शिक्षकहरुले त्यहाँ बसेर मदिरा सेवन गर्र्दैनन । सुरक्षित स्थानमा बसेर मगाउने गरेका छन् । क्यान्टीन सञ्चालकलाई साँङकेतिक भाषमा खाजा नास्ता भने पछि बुझिन्छ । यस्तो खाजा नास्ता कहिले काँही विद्यालय ब्यवस्थापन समितिको बैठक सकिए पछि  पनि मगाउने गरिन्छ । 

अर्का स्थानिय रामचन्द्र पाण्डेले भने –‘ त्यस क्यान्टीनमा रक्सी बेचिन्छ भनेर हामीले भन्नै परेन आफै देखि  हाल्नु भयो , विहान देखि साँझ सम्म क्यान्टीन भित्र मानिसहरु टिल परेर खाएको देखिन्छ ।  स्थानिय अन्य अभिभावकहरुले पनि त्यस क्यान्टीन भित्र मदिरा विक्रि हुँदा अपराधिक घटनामा बृद्धि भएको र विद्यार्थीहरुले पनि मदिराहरुमा पनि नराम्रो सन्देश दिने बताए । त्यसो त विद्यालयको  २० मिटर भन्दा नजिकै अरु दुई तिन वटा पसलमा  पनि मदिरा ग्रैह कानुनी रुपमा खुल्ला विक्रि गरिएको छ । 

स्थानियले भुस्खाता वजार भनेर चिनिने त्यस विद्यालयको प्राङ्गाण भित्रै र गेटै अगाडी  विहानै देखि  मदिराले धङधङ्गाउँदै मानिसहरु हिडेको र कतिपय वेला विद्यालय अगाडी नै मानिस लडेर सुतेको देख्न सकिन्छ । गत वर्ष त्यसै वजारमा मदिरा पिएर र लिएर साथीकोमा गएका मुक्ति बहादुर मुखियाले साथीलाई नै मारेर फर्किएका थिए ।  आज फेरी त्यसै वजार नजिकैको घरमा एउटी बृद्धको रक्ताम्मे अवस्थामा शव फेला परेको छ । ७७ वर्षिया श्यामकला पाण्डेको विभत्स अवस्थामा शव फेला परेपछि त्यस विद्यालय भित्रै र गेटै अगाडीका मदिरा पसल हटाउनु पर्ने मागलाई स्थायिनले आज चर्को रुपमा उठाएका हुन् । 

व्याप्त मदिरा विक्रि वितरणले अपराध र चोरी डकैती बढेको र विद्यालयको गरिमामा समेत आँच आएको स्थानियको ठहर छ । गजवको कुरा त त्यस विद्यालयबाट करिव १० मिनेट पर र दश चोटी त्यही बाटो गस्ती गर्ने  अर्घातोष प्रहरी चौकी रमिते बनेको छ । स्थानिय तहको निर्वाचनमा खटिएको सशस्त्र प्रहरीले भने चुनाव अवधीभर त्यहाँ मदिरा विक्रि वितरणमा रोक लगाएको थियो । छत्रदेव गाउँपालिकाबाट पत्रकारिता गर्ने  पत्रकार दिपेन्द्र श्रेष्ठले विद्यालय परिसरमा मदिरा विक्रि वितरण हुँदा पनि सरोकारवाला मौन रहनु दुखको विषय भएको बताए । त्यसलाई रोक्नका लागि  प्रधानध्यापक ठाकुरप्रसाद पाण्डेले चासो नदिएको स्थानियको आरोप छ ।

क्यान्टिन सञ्चालककी पत्नी गिता पाण्डेले विद्यालय प्राङ्गण भित्रको घडेरीमा सञ्चान गरिएको क्यान्टीनको जमिनको भाडा वार्षिक ३ हजार बुझाउने गरेको बताईन् । उनले मदिरा  वेच्ने अनुमति पत्र नलिएको स्पष्ट पारिन  । ‘के गर्ने सर हामीलाई लाईसेन्स भन्ने के हो भन्ने थाह छैन  ।  भित्र वसेर खुवाउने ठाउँ पनि धेरै छैन् । आफुहरु संग सामन्य लेख पढ पनि  छैन  । सरहरुले क्यान्टिन चलाउ भने पछि छोरा छोरा पाल्न र पढाउन सकिएला भनेर गरेका हौं , अरु हाम्लाई केहि थाह छैन सर’ उनले सोझो पारामा भनिन् । तस्वीरः विद्यालय प्राङ्गण भित्रैको उक्त क्यान्टीन र  त्यस भित्र भुईमा छरपस्ट मदिराका सिसीहरु 

यस बिषयमा तपाइको प्रतिक्रिया...!