डडेल्धुरामा आपूर्ति मन्त्रालयको टोलीलद्धारा बजार निरिक्षण

Posted on: 21 Sep, 2017

ललित बोहरा/असोज ५, डडेल्धुरा । डडेल्धुराको सदरमुकाममा रहेको बागबजार क्षेत्रमा छडे्के निरिक्षण गरिएको छ । 

बुधाबार आपूर्ति मन्त्रालयको सहभागितामा जिल्ला अनुगमन समितिको संयुक्त टोलीले बजार निरिक्षण गरेको हो । बागबजार क्षेत्रका ८ पसलमा छडे्के निरिक्षण गरेको निरिक्षण टोलीका संयोजक बावुराम भुषालले जानकारी दिएको छन् । 

चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालो बजारी, लुटपाट, एंवम अखाद्य बस्तुको विक्री वितरणमा रोक लगाउन बजार अनुगमन गरिएको संयोजक भुषालले बताएका छन् ।

छडे्के अनुगमनका क्रममा अधिकांस पसलमा मुल्य सूचि नराखेको, साईनबोर्ड नराखेको, खाद्य अनुज्ञापन नगरेको, पहिले गरेका बजार अनुगमनको निर्देशनको

पालना नगरेको भेटिएको छ ।

यस्तै केहि पसलमा भने म्याद नाघेका अखाद्य बस्तु समेत फेला परेको जनाइएको छ । बजार अनुगमनमा जिल्ला प्रशासन र अमरगढी नगरपालिका लगायतको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!