तेह्रथुममा अस्पताल र मन्दिर परिसर सरसफाई (फोटोफिचर)

Posted on: 21 Sep, 2017


प्रकाश धौलाकोटी/असोज ५, तेह्रथुम । संविधान दिवस तथा बडा दशैँ २०७४ को अवसर पारेर तेह्रथुममा सरसफाई कार्यक्रम गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, म्याङलुङ नगरपालिका कार्यालय, इन्द्र दल गुल्म, जिल्ला प्रहरी र शशस्त्र प्रहरी कार्यालयको संयुक्त पहलमा जिल्ला अस्पताल तथा सिंहवाहिनी भगवती मन्दिर परिसर सरसफाई गरिएको हो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिव ढुंगानासहित निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरे, म्याङलुङ नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे, इन्द्र दल गुल्मका मेजर महेश्वर कार्की, प्रहरी नायब उपरीक्षक राजन भुजेलसहित कार्यालय प्रमुखहरु, कर्मचारीहरु, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु, राष्टिय सेवा दल सम्बद्ध विद्यार्थी तथा सन्चारकर्मीहरु समेतले सरसफाई कार्यक्रममा सहभागिता जनाएका छन् । 


अस्पताल परिसरको झाडी सरसफाई गरिएको छ ।  यस्तै सिंहवाहिनी मन्दिर परिसरको फोहोर समेत सफाई गरिएको छ । सरसफाई नियमित रुपमा गर्नु सबै स्थानीयबासीको कर्तव्य भएपनि सार्वजनिक स्थल र सार्वजनिक महत्वको रुपमा रहेका अस्पताल र मन्दिर परिसरको सरसफाई गरिएको जिल्ला समन्वय समितिका प्रमुख ढुंगानाले बताउनुभयो । 

सोही अवसरमा शनिबार नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाको संयोजनमा पाँच हजार मिटर खुला दौड प्रतियोगिता समेत हुने भएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!