इलाममा वडा कार्यालयका लागि तीन रोपनी जग्गादान

Posted on: 21 Sep, 2017

असोज ५, इलाम। इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका समाजसेवीले वडा कार्यालय स्थापनाका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । 

स्थानीय समाजसेवी टंकमाया बोहोरा र सरस्वती बोहोराले डेढ÷डेढ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । 

वडाध्यक्ष टेकवीर लिम्बूको विशेष पहलमा करिब रु पाँच लाख पर्ने तीन रोपनी जग्गा वडा कार्यालयको नाममा पास भइसकेको छ । प्राप्त जग्गामा आगामी कात्तिक महिनादेखि भवन निर्माण प्रक्रिया अघि बढाइने वडाध्यक्ष लिम्बूले बताउनुभयो ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!