तेह्रथुममा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु

Posted on: 22 Sep, 2017

असोज ६, तेह्रथुम। तेह्रथुममा पनि नेपाल प्रहरीले ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गरेको छ । 


‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना र निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले संयुक्त रुपमा पानसमा बत्ती बालेर अभियानको शभारम्भ गर्नुभयो । 


नागरिकसँगको सम्बन्धलाई अझै सुमधुर बनाउँदै अपराधिक गतिविधिको अन्त्य र सुरक्षा व्यवस्थालाई मजबुद बनाउन अभियान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजन भुजेलले बताउनुभयो । 

कार्यक्रममा बोल्दै म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेले अभियानले शान्ति सुरक्षा र अमनचयनलाई अझै प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सामुदायिक प्रहरी र सन्चारकर्मीहरु सहभागी थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!