डम्बर माबोहाङ स्मृति रनिङ कप फुटबल प्रतियोगिता सुरु

Posted on: 17 Mar, 2016

dammar smriti sportप्रकाश धौलाकोटी/चैत ४, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमका पुर्व महासमिति सदस्य तथा उपसभापति स्व. डम्बर माबोहाङको स्मृतिमा यसवर्षबाट सुरु भएको ‘डम्बर माबोहाङ स्मृति रनिङ कप’ फुटबल प्रतियोगिताको प्रथम संस्करण बुधबारबाट सुरु भएको छ ।

लालीगुरांस नगरपालिका वार्ड नं. १ निवासी स्व. माबोहाङकी धर्मपत्नी पार्वती माबोहाङ तथा माबोहाङ परिवारको प्रायोजनमा यसवर्ष बाट प्रतियोगिता सञ्चालन हुन थालेको हो । प्रतियोगिताको उद्घाटन एक समारोहका बीच नेपाली कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाले गर्नुभयो । नेपाल तरुण दल लालीगुरास नगरसमितिको आयोजनामा सुरु भएको प्रतियोगितामा लालीगुराँस नगरपालिका भित्रका १३ वटा टिम सहभागी छन् । प्रतियोगितामा वडा भित्रका खेलाडीहरुले मात्र खेल खेल्न पाउने समेत आयोजक समितिका सचिव रविकिरण मादेनले बताउनुभयो । यस क्षेत्रको आर्थिक, सामाजीक तथा राजनीतिक विकासमा महत्वपुर्ण योगदान गर्नुहुने माबोहाङको स्मृतिमा आयोजित प्रतियोगिताले नगर क्षेत्रका खेलाडीहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा विजेताले नगद ३० हजार सहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र तथा उपविजेतालाई नगद २० हजार सहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्रदान गरिने बताइएको छ । प्रतियोगिता आगामी सोमबार सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!