विवाह मण्डपले सजिएको घर किरियाक्रमको कुनो बन्यो

Posted on: 23 Sep, 2017

प्रेम सुनार/असोज ७, गुल्मी  ।  हिजो मात्रै छोराका लागि केटी मागेर फर्किएका थिए आज सिद्धवावको पहिरोले पुरेर मृत्यु भएका गुल्मी वम्घा काउले गाउँका तिलकराम भण्डारी ।

५१ वर्षिय भण्डारीका दुई छोरा र एक छोरीहरु मध्ये पर्सी असौज ९ गते हुने जेठा छोरा दिपकको बिवाहको अन्तिचम तयारीका लागि भ्याई नभ्याई थियो । बेहुला बेहुलीलाई कपडा लगायतको समाग्री किन्नका लागि आज विहान भण्डारी दम्पत्ती  सुनौली जाँदै थिए । विहानै घरबाट विहेकै तयारीबारे श्रीमति राधिका संग कुराकानी गर्दै ति दम्पत्री शिद्धवाव सम्म आएका थिए ।

२४ वर्षिय छोराको विहे त्यो घरमा पहिलो भएकोले पनि  धुमधामका साथ गर्ने तयारी थियो । उनका छिमेकी तारा राना भन्छन–‘ हिजो मात्रै तिलकराम दाईले मलाई फोन गरेर खैरेनीतिर केटी माग्न जाँदै छु कुरा मिल्यो भने पर्सी लगन निस्केको छ रमाईलो गरौला है भाई भनेर भन्नु भएको थियो । उहाँको बाजै बजाएर छोराको विहे गर्ने रहर थियो । 

नभन्दै केटी दिए छन र पर्सी विहे गर्ने भएर आज विहान उनिहरु बुढा बुढी  सुनौली कपडा किन्न गएका हुन् । अर्का मृतक वलेटक्सारका आफ्नै मारुती कार चालक   २४ वर्षिय यमबहादुर ज्ञवाली पनि अविवाहित नै थिए । भण्डारी परिवारको विहेको व्यवस्थापन  सघाउन उनिले आफ्नो गाडी प्रयोग गरेर यता सुनौली तर्फ आएको स्थानियले बताए । पर्सी उनै वेहुला भण्डारीलाई सजाएर जन्ती जानु पर्ने लु १च ७९९४ नम्बरको मारूती कार शिद्धवावको  पहिरोमा पुरिएर क्षतविच्छेद भएको छ ।

मृतक दुवै जना रुरु गाउँपालिकावासी भएकोले त्यहाँका वासीन्दा शोकाकुल भएका छन् । घर आँगन सजाउन घरमा छोरा छोरीलाई अराउँदै हिडेका भण्डारी दम्पत्तीको मनमस्तीस्कमा छोराको विहे नै थियो ।

यस अघि पनि थुप्रैको आलो सपना चुँडेको वुटवल तानसेन सडकले शिद्धवाव सम्म सजाउँदै आएको भण्डारी दम्पत्तीको सपना पनि चटक्कै चुडी दियो । मृतक भण्डारी  आफु यो संसारबाट विदा भए पनि कोखमा बसेकी  श्रीमति राधिकालाई भने कुर्नै दिन छोराको विहे गराउन यो संसारमा राखी दिएका छन् ।

अर्थात समान्य घाईते भएकी श्रीमति भण्डारी चिन्तामुक्त रहेको लुम्विनी अञ्चल अस्पातलमा रहेका उनका छिमेकीले बताएका छन्  । उता वेहुली सजिन थालेकी खैरेनीकी एक चेली र उनका आफन्तजन भावविह्ल भएको बताईएको छ ।

यता वेहुला र उनका भाई वहिनीहरुलाई विहान अवेर सम्म थाह नदिए पनि सञ्चार माध्यममा आए पछि छिमेकीले उनिहरुलाई धौसम्हाल्नु भई रहेको बताईएको छ । सोही पहिरोले भण्डारी र ज्ञवाली संगै पाल्पाबाट सवार ना ३ ख ६१९२ नम्बरको ट्रक चालक पाल्पा तिनाउ गाउँपालिकाका माधव रानाको सपना पनि चुँडेको छ ।

२ जना सामान्य घाईते भएका छन, उनिहरुको लुम्बिनी अन्चल अस्पतालमा उपचार भैरहेको छ भने अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण बिहानदेखि सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा हुँदै पोखरा बाग्लुङ्ग लगाएतका स्थानमा जाने र बिभिन्न स्थानबाट बुटवल आउने सयौं सवारी साधन रोकिएका छन् ।

चाडवाड मनाउने क्रममा बडा दशैंको अवसरका घर फर्कनेहरुको भिड भएकाले हजारौं यात्रु पनि अलपत्र अवस्थामा रहेका छन । शिद्धवावा तर्फ प्रवेश गर्न साथ माथीबाट ढुङ्गा र पहिरो खसी रहने हुँदा यात्रुहरुले  रामराम भन्नु शिवाय अर्को विकल्प छैन् । यो सडक खण्डको अर्को विकल्प नखोजे सम्म अरु सयौंको सपना चुँड्दै जाने निश्चित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!