एकै दिनमा तीन स्थानमा दुर्घटना, ५ गुल्मेलीको मृत्यु

Posted on: 24 Sep, 2017

प्रेम सुनार | असोज ८,  गुल्मी । भदौं ७ गते शनिवारको दिन गुल्मीका लागि कालो दिन जस्तै बनेको छ । विहान पाल्पाको शिद्धवावामा पहिरोले गाडी पुरेर २ जना गुल्मेलीको मृत्यु भएको थियो भने अपरान्ह दुविचौरमा जिप दुर्घटना हुंदा एक जना र  सांझ पख वाग्लुङ्घको वरेङमा भएको अर्को जिप दुर्घटनामा पनि दुवै जना गुुल्मेली भएको खुलेको छ । वरेङ गाउंपालिका २ पेरिसडांडामा जिप दुर्घटनामा मृत्यु भएका दुई जना प्रहरी जवान गुल्मीका नागरिक भएको खुलेको हो ।

सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पन्ध्र जना सवार उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए ।

दुर्घटनामा परी घाइते भएका अन्य १३ जनालाई थप उपचारको लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याइएको छ । दुर्घटनामा ज्यान गुमाएका प्रहरी हवल्दार विष्ट इप्रका बरेङ र प्रहरी जवान श्रीष इप्रका बाटाकाचौरमा कार्यरत थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!