तेह्रथुमका दुई मन्दिर परिसर सरसफाई

Posted on: 24 Sep, 2017

असोज ८, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजार नजिकै रहेका दुई वटा मन्दिर परिसर सरसफाई गरिएको छ ।


सक्रान्तिबजार नजिकै रहेको पाथीभरा देवीको मन्दिर तथा करिब तीन किलोमिटरको दुरीमा रानी चौतारा नजिकै रहेको आठराई भगवती देवीको मन्दिर जाने बाटो र परिसर सरसफाई गरिएको हो । दशैँतिहार जस्ता चाडपर्व नजिकिँदा इलाका प्रशासन, नेपाल प्रहरी, शशस्त्र प्रहरी, आठराई गाउँपालिका कार्यालयसहित सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयबासी समेतको सहभागितामा सरसफाई गरिएको आठराई गाउँपालिकाका कम्प्युटर अपरेटर कृष्ण चम्लागाईले बताउनुभयो । 


यो बेला ती मन्दिरहरुमा दैनिक सयौँको संख्यामा भक्तजन्हरु आउने गर्दछन् । ताप्लेजुङको ठुलो पाथीभरा जान नसक्ने अवस्थाका मानिसहरुले सक्रान्तिबजारमा रहेको पाथीभरामा गएर दर्शन गरेपनि भाकल पुरा र शुभ फल प्राप्त हुने विश्वास रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!