रुपन्देहीमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य गहना चोरीको अभियोगमा पक्राउ

Posted on: 24 Sep, 2017

असोज ८, रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

प्रहरीले गत बुधबार अपराह्न सिद्धार्थनगर नगरपालिका– ६ भैयाटोल बस्ने गीतादेवी विकको घरभित्र पसेर स्टिल दराज तोडी चोरी गरेको अभियोगमा रुपन्देही, सिद्धार्थनगर नगरपालिका– ६ बस्ने २२ वर्षीय सुमिन सिंहलाई चोरीका गरगहना र नगदसहित सिद्धार्थनगर– ६ भैयाटोलबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । 

अभियुक्तका साथबाट प्रहरीले दुई थान छिनेको पोतेसहितको सुनको जन्तर, एक थान छिनेको पोतेसहितको सुनको मंगलसूत्र, एक थान सुनको चन्द्रमा थान, दुई थान पत्थरसहितको सुनको औठी, एक एक जोर सुनको झुम्का र मुन्द्रा तथा एक जोर सुनको टपसहित रु १३ हजारसमेत बरामद भएको जनाइएको छ ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!