पोखरीमा डुबेर १३ बर्षिया बालिकाको मृत्यु

Posted on: 24 Sep, 2017

असोज ८, पाल्पा। तानसेन नगरपालिका–५ बतासेडाँडास्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तानसेन नगरपालिका–११ बन्दीपोखराका १३ वर्षीय मनीष विक छन् । त्रिभुवन बहुमुखी क्याम्पसको छात्रावास अगाडिको पोखरीमा पौडी खेल्ने क्रममा बिहान करिब ११ बजे उनी डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

डुबेको करिब ४५ मिनेटपछि उद्धार गरिए पनि युनाइटेड मिसन अस्पताल लैजाने क्रममा बाटामा नै उनको मृत्यु भएको बताइएको छ । विक तानसेनस्थित पद्म पब्लिक माविमा कक्षा ६ मा अध्ययन गर्दै थिए ।   रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!