विपन्नलाई घर बनाईदिने चन्द्र भण्डारीलाई गुल्मीमा स्वागत

Posted on: 24 Sep, 2017

प्रेम सुनार/असोज ८, गुल्मी । आईतबार पत्रकार सम्मेलन गरी गुल्मीका विभिन्न स्थानमा रहेका विपन्न वोटे माझी समूदायकालाई तिन सय वटा घर बनाई दिने घोषणको सर्वत्र स्वागत गरिएको छ । 

सदमुकाम तम्घासमा पत्रकारहरुसँग दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा नेता भण्डारीले गुल्मी जिल्लाका विभिन्न स्थानमा रहेका भोटे माझी अल्पसंख्यक समुदायहरुको लागि दशैं तिहारको उपलक्ष्यमा घर बनाइदिने घोषणा गरेका हुन् ।

गुल्मी क्षेत्र नं. २ का सांसद समेत रहेका नेता भण्डारीले सीमान्तकृत विपन्न समुदायका कुमाल, दलित र बोटे माझी बस्तीहरुलाई ३०० घर निर्माण कार्य थालनी गरेको जानकारी दिए ।

बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, बामी टक्सार मुसिकोट लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीहरुको यो दशैको उपहार स्वरुप घर निर्माणको कार्य थालनी गरिएको नेता भण्डारीले बताए ।

कांग्रेस नेता भण्डारीले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीहरुमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप ३०० घर निर्माणको कार्य अगाडि बढेको बताए । भण्डारीले गत वर्ष जस्तै यसवर्षको बडादँशै बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायहरुसँग मनाउने समेत बताए । बोटे माझी समुदायहरुसँग दशैं मनाउँदै केहि विद्यार्थीहरुको लागि उपहार पनि प्रदान गर्ने बताए ।

स्मरण रहोस २०६४ को निर्वाचन पछि वोटेमाझी, कुमाल र गन्र्धव लगायतका सिमान्तकृत विपन्नहरुलाई जनता आवास कार्यक्रममा मार्फत घर बनाई दिने कार्यको सुरुवात भने पुर्व सभासद तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदर्शन वरालले गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!