कोलकाता महावाणिज्य दूतावासमा दशैँ शुभकामना

Posted on: 25 Sep, 2017

असोज ९, काठमाडौँ। नेपाली महावाणिज्यदूतावास, कोलकाताले बडादशैंका उपलक्ष्यमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

महावाणिज्यदूत एकनारायण अर्यालले आयोजना गरेको सो कार्यक्रममा नेपाली सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । उक्त अवसरमा कोलकातास्थित नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापालगायत नेपाली सङ्घसंस्था र जनसमुदायको सहभागिता थियो । 

सोही उपलक्ष्यमा आइतबार नै दिलीप थापा डान्स स्कुल, हाउडाले डान्डिया उत्सव–२०१७ सम्पन्न ग¥यो । नेपालका दिलीप थापाले संयोजन गरेको सो गुजराती नृत्य कार्यक्रममा विभिन्न विद्यालयका नेपाली र मारवाडी समुदायका ११० विद्यार्थीको सहभागिता थियो । प्रतियोगिताका निर्णायकमा आयुषी अग्रवाल र विकास सिंह हुनुहुन्थ्यो । 

कार्यक्रममा थेलोसेमिया रोगबाट पीडित शिशु तथा किशोरकिशोरीलाई फलफूल र मिठाइ वितरण गरिएको थियो । 

सो अवसरमा महावाणिज्यदूत अर्यालले थापाजस्ता नेपालीहरुले भारतमा सांस्कृतिक र सामाजिक सेवाका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय सद्भाव बढाइरहेको बताउनुभयो । 

कार्यक्रममा हावडाका कन्सुलर मल्लिका राय चौधरीको पनि उपस्थिति थियो ।     रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!