मोरङमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Posted on: 25 Sep, 2017

असोज ९, मोरङ। मोरङको उर्लाबारी–९ स्थित उर्लाबारी–बरडंगा सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१८प ५३२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रतुवामाई नगरपालिका–९ का ३९ वर्षीय थिरप्रसाद सिग्देलको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका सिग्देलको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!